काठमाडौं : पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार यो सडक खण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालमा पहिरो खस्दा गएराति साढे १ बजेदेखि सडक दुइतर्फी अवरुद्ध भएको थियो।
पहिरो पञ्छाएसँगै अवरुद्ध सडक आज बिहान साढे ५ बजेदेखि दुइतर्फी सञ्चालनमा आएको हो।
Facebook Comments Box