कञ्चनपुरः कञ्चनपुरमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
कञ्चनपुर प्रहरीका अनुसार ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालक भीमदत्त नगरपालिका–१८ बस्ने २९ वर्षीय सन्जिप चौधरीको मृत्यु भएको हो। गए राति पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको सुदूरपश्चिम प्रदेश ०२–००३ प ६९७० नम्बरको मोटरसाइकललाई से १ त ३३६८ नम्बरको ट्याक्टरले ठक्कर दिँदा दुर्घटना भएको थियो।
दुर्घटनामा गम्भिर घाइते भएका चौधरीलाई उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएकोमा चिकित्सकले मृत्त घोषणा गरेको कञ्चनपुर प्रहरीले जनाएको छ। मोटरसाइकलमा पछाडी सवार बेदकोट नगरपालिका–८ बस्ने २७ वर्षीय मनोज चौधरी घाईते भएका छन्।
Facebook Comments Box