धनगढी: कञ्चनपुरको महेन्द्रनगरमा एकाबिहानै वर्षा भएको छ। आज (आइतबार) बिहान महेन्द्रनगर र आसपासका क्षेत्रमा वर्षा भएको हो।
केही दिनदेखि चर्को गर्मीको सास्ती खेपिरहेका त्यहाँका स्थानीय वर्षापछि खुसी भएका छन्। उनीहरूले वर्षापछि गर्मीबाट राहत महसुस भएको बताएका छन्।
उता नजिकै महेन्द्रनगरमा बिहानै वर्षा हुँदा धनगढीमा भने पानी परेको छैन। धनगढीमा पानी नपर्दा अहिले पनि टन्टलापुर घाम लागेको बताइएको छ।
धनगढीसहित सुदूरपश्चिमको तराई क्षेत्रमा यसपाली निकै गर्मी छ। जसले गर्दा जनजीवन अस्तव्यस्त बनेको बुझिएको छ।
Facebook Comments Box