धनगढी : कैलालीका विभिन्न ठाउँबाट भन्सार छलीका सामान बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतका प्रहरी टोलीले विभिन्न स्थानहरुमा भन्सार छलि गरी ल्याइएको झण्डै चार लाख मुल्य बराबरको सामान नियन्त्रणमा लिएको हो ।
लेडिज कुर्ति सुरवाल, सुजी, सिस्टम गुट्खा, बोईलर कुखुरा, बच्चाको चप्पल, चिनि लगायतका विभिन्न सामानहरु बरामद गरिएको प्रहरीले जनाएको छ ।
बराबरको मालसमान नियन्त्रणमा लिई भन्सार कार्यालय त्रिनगर पठाएको छ।
Facebook Comments Box