धनगढी : धनगढीमा अवैध सामान बरामद भएको छ । आइतबार दिउँसो वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले तीन लाख १० हजर २५० मुल्य बराबरकोअवैध सामान बरामद गरेको हो ।
प्रहरी निरीक्षक जनकराज ढुङ्गानाको कमाण्डमा खटिएको टोलीले धनगढी उपमहानगरपालिका ४, बसपार्क पछाडि भारतबाट भन्सार छली गरी ल्याइएको बेबारिसे अवस्थामा रहेको समान फेला पारेको हो।
बरामद गरिएको समानमा ५०५ जोर सेन्डिल चप्पल र ६,७०० पिस प्रेसर कुकरको रबर रहेका छन्। यो समान अनधिकृत रुपमा भारतबाट ल्याइएको भन्दै प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।
बरामद गरिएको समान आवश्यक कारवाहीका लागि त्रिनगर भन्सार कार्यालयमा पठाउने तयारी भईरहेको छ।
Facebook Comments Box