धनगढीः कैलालीमा अबैध काठसहित एक जना पक्राउ परेका छन्।
जिल्लाको घोडाघोडी नगरपालिकाबाट एक ट्याक्टर काठसहित एक जना पक्राउ परेका हुन्। घोडाघोडी नगरपालिका–४ का हर्कबहादुर चौधरीलाई अबैध काठसहित इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएको हो।
शनिबार राति ८ बजेको समयमा इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डिएसपी दिपेन्द्र पालको कमाण्डमा खटिएको प्रहरी टोलीले घोडाघोडी नगरपालिका–४ को श्रीराम सामुदायिक वनबाट बिना कागजात काठ ओसार गरिरहेको अवस्थामा काठसहित ट्याक्टर चालक चौधरीलाई नियन्त्रणमा लिइएको डिएसपी पालले बताए।
काठसहित ट्याक्टर र चालकलाई डिभिजन वन कार्यालय पहलमानपुरको जिम्मा लगाइएको छ
Facebook Comments Box