काठमाडौँ : सरकारले निलम्बित मुख्य सचिव बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरेर सरुवा गरेको छ ।
मन्त्रिपरिषद् बैठकले अर्यालले राजीनामा नदिएपछि उनलाई विशेष पद सिर्जना गरेर योजना आयोगमा लगेको हो ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई योजना आयोगमा विशेष पद सिर्जना गरेर सरुवा गरेको सरकारको प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
निमित्त मुख्यसचिवको जिम्मेवारी लिलादेवी गड्तौलालाई दिने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा रहेका वरिष्ठ सचिवहरूमध्येबाट गड्तौलालाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिइएको हो।
अर्याल भने आइतबार स्वत: मुख्यसचिव पदबाट निलम्बनमा परेका थिए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहालवाला मुख्यसचिव वैकुण्ठ अर्यालविरुद्ध आइतबार भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।