धनगढी: कैलालीको अत्तरियामा कोठा भाडामा लिएर नै यौनधन्दा हुने गरेको पाइएको छ। हिजो (सोमबार) प्रहरीले छापा हान्ने क्रममा सो कुरा खुलेको हो।
मालाखेती प्रहरीले हिजो गोदावरी नगरपालिका-२ बदनाम गल्लीका नामले परिचित आदर्श टोलमा चेकजाँच गर्दा घरमै कोठा भाडामा लिई अनैतिक क्रियाकलापमा हुने गरेको पाएको हो।
त्यसपछि सो कार्यमा ३ महिलासहित एक पुरुषलाई समातिएको प्रहरीले जनाएको छ। समातिनेमा गोदावरी नगरपालिकामै बस्ने ६५ वर्षीया, २८ वर्षीया र ३४ वर्षीया महिला रहेकी छन् भने एक जना पुरुष रहेका छन्।
अहिले उनीहरूलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको बताइएको छ।
Facebook Comments Box