धनगढी : धनगढीमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।
बुधबार बिहान चट्याङ लागेर धनगढी उपमहानगरपालिका –१८ एफ गाँउका २७ वर्षीय शालिम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिह बोहोराले चौधरीलाई आफ्नै घर नजिक रहेको खेतमा रोपाई गर्ने क्रममा चट्याङ लागेको बताए ।
उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो ।
उपचारकै क्रममा उनको मृत्यु भएको बोहोराले बताए । अहिले चौधरीको शव परीक्षणका लागि अस्पतालमै राखिएको छ ।
Facebook Comments Box