बुटवल : कपिलवस्तुमा चटयाङ लागेर दुई जनाको मृत्यु भएको छ ।
यशोधरा गाउँपालिका वडा नम्बर ८ भैसहियाका २२ वर्षीय महेश कलवार र बुद्धभूमि नगरपालिका वडा नम्बर १० धनकौलीका अन्दाजी १८ वर्षीय राजु ठाकुरको चटयाङ लागेर मृत्यु भएको हो ।
बिहान दुवै जनालाई घर नजिक खेतमा जाने क्रममा चटयाङ लागेको र दुबैको घटनास्थलमै मृत्यु भएको कपिलवस्तु प्रहरीले जानकारी दिएको छ।
Facebook Comments Box