कञ्चनपुर: सुदूरपश्चिम प्रदेश सरकारका समाजिक विकासमन्त्री ओमबिक्रम भाट (सरल) असहाय र बेसाहारा नागरिकको सरकारले जिम्मा लिनुपर्ने लिने बताएका छन्। उनले बुधबारदेखि महेन्द्रनगरमा शुरु भएको राष्ट्रिय जेष्ठ नागरिक महासंघको विशेष तथा १० औँ अधिवेशन उद्घाटन गर्दै यस्तो बताएका हुन्।
यस्तै मन्त्री भाटले सुदूरपश्चिम प्रदेश सरकार बेसाहरा नागरिकको समाजिक सुरक्षाको जिम्मा लिने कुरामा प्रतिबद्ध रहेको पनि बताए।
सुदूरपश्चिममात्रै सबै तहका सरकारले त्यस्ता नागरिकको सवालमा जिम्मेवार हुनुपर्ने उनको भनाई छ। पछिल्लोसमय बेसाहारा नागरिक सामाजिक रुपमा पनि अपहेलित भएको अवस्थालाई मध्यनजर गर्दै सो कुरा न्यूनीकरण गर्नुपर्ने जनाए।
मन्त्री भाटले जेष्ठ नागरिक एवं बेसाहारा अपहेलित हुनुपर्ने अवस्था आएकाले त्यस्ता नागरिकलाई राज्यले व्यवस्थापन गर्ने दाबी गरे।
जेष्ठ नागरिकको समाजिक सुरक्षाका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्षमा केही कार्यक्रम ल्याएको समेत उनको भनाई छ।
त्यस्तै प्रदेश सरकारले समाजिक सद्भावका लागि जेष्ठ नागरिक, असाहयप्रतिको आपसी भाईचाराको भावना जागृत गराउन र स्वदेशमै रोजगारीका लागि १० हजार किशोर, किशोरी, युवाहरुलाई आत्मनिर्भर तालिम दिने मन्त्री भाटले जनाए।