अछाम : अछामको मंगलसेन लगाएका स्थानमा भारी वर्षा भएको छ ।
मंगलसेन वर्षामापन केन्द्र र आसपासमा मयध्मदेखि भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
भारी वर्षा भएकाले उक्त क्षेत्र भएर बग्ने स–साना खोलाहरूमा जलसतह केही बढ्ने भएकाले तटीय क्षेत्रमा रहनेहरूले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
यस्तै दैलेखको डण्डा गाउँ वर्षामापन केन्द्र र आसपासमा मयध्मदेखि भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
Facebook Comments Box