काठमाडौं: सशस्त्र प्रहरीको हेडक्वार्टर हलचोकमा हलचल मच्चिएको छ। हेडक्वार्टरका अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रप्रकाश गौतमका कारण हलचल मच्चिएको बताइएको छ।
एआईजीले तल्लो तहसम्मै पुगेर हस्तक्षेप गर्दा हलचल मच्चिएको हो। अचेल एआईजी गौतम आफैंले सिपाहीदेखि अधिकृतसम्मका व्यक्तिलाई पिटी परेडमा हाजिर गराउन थालेका छन्।
त्यसका साथै उनले सानो दर्जाका कर्मचारीलाई दु:ख दिने काम गरेको भन्दै उनी सामान्य हवल्दार मेजरले गर्ने काममा केन्द्रित बनेको आरोप लागेको छ।
उनकै कारण सशस्त्र प्रहरीको प्रशासन विभाग पनि अस्तब्यस्त बनेको बुझिएको छ। उनै एआईजी गौतमको ध्यान संगठनका ठूला योजना भन्दा पिटी परेडमा गएपछि हलचल पैदा भएको हो।
त्यस्तै हालै गरिएका सरुवामा पनि आइजीलाई गुमराहमा राखेर उनले आफ्नालाई सेफ गर्ने तरिकाले सरुवा गराएको गुनासो सशस्त्रमा छ।
यस्तै सशस्त्रमा डिआईजी अञ्जनी पोखरेललाई स्पष्टीकरण सोधिएको छ। उनले नेताहरु भेटेको भन्दै मुख्यालयले हालै स्पष्टिकरण सोधेको बताइन्छ।