काठमाडौं : ‘सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ ले गृह मन्त्रालयका सचिव एकनारायण अर्याल र आईजीपी बसन्तबहादुर कुँवर संग छलफल गरेको छ ।
सहकारीको बचत ठगीका विषयमा आएका उजुरीलगायतका विषयमा उनीहरुसँग छलफल गर्नका लागि समितिले बोलाएको थियो ।
समितिले गृह सचिव र आइजिपीलाई शुक्रबारको बैठकमा उपस्थित हुन आग्रह गरेको थियो।
सहकारीको बचत ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको भन्दै कांग्रेसले सदनमा आवाज उठाएपछि संसदीय छानबिन समिति गठन भएको थियो।
लामिछानेको नाम उल्लेख नगरी समस्याग्रस्त २९ सहकारीका नाम उल्लेख गरेर समितिको कार्यादेश बनाइएको थियो।
Facebook Comments Box