धनगढी : कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर–१ पहरियामा डुवान हुँदा सात महिने शिशुको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चपुरका अनुसार, डुवानको कारणले घरभित्र खाटमा सुतिरहेका सागर धानुकको सात महिने छोरा सोनु धानुकको मृत्यु भएको हो।
वडा नम्बर–१ पहरियामा अत्यधिक वर्षाको कारणले डुवान भएको र सोही डुवानले गर्दा घरभित्र पसेको पानीले सोनुको ज्यान गएको बताइएको छ।
प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ र भविष्यमा यस्ता घटनाहरूबाट बच्न आवश्यक सतर्कता अपनाउन सुझाव दिएको छ। स्थानीय प्रशासनले पनि आवश्यक राहत र सहयोगको व्यवस्था गरिरहेको छ।
Facebook Comments Box