काठमाडाैं: सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेभसाईटट ह्याक भएको छ। शुक्रवार बिहान १०:३० मा वेभसाईट ह्याक भएको हो।
कार्यालयका सूचना अधिकारी जगदीशप्रसाद जोशीका अनुसार साइट ह्याक भएपछि अहिले हेर्न नमिल्ने भएको छ। वेभसाईट ह्याक भएको थाहा हुनासाथ सूचना प्रविधि विभाग काठमाडौंमा खबर गरेर साइट रिकभर गर्ने काम भइरहेको सूचना अधिकारी जोशीले बताए।
अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को साइट खोल्दा ‘ह्याक्ड बाइ क्याप्टेन स्मोक थ्री आर’ लेखिएको देख्न सकिन्छ।
Facebook Comments Box