धनगढीः डडेल्धुरामा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ। जिल्लाको परशुराम नगरपालिका–३ बुङाका ५६ वर्षीय नवराज पनेरुको पहिरोमा परेर मृत्यु भएको हो।
सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार शनिवार दिउँसो ४ बजे तिर खानेपानीको मुहान सफा गर्न भातगाडास्थित खानोपनीको मुहानमा पुगेका पनेरु माथिबाट आएको पहिरोमा परेका थिए।उनको घटनास्थलमा नै मृत्यु भएको हो।
यस्तै उता डोटीमा एक महिला मृत फेला परेकी छन्। जिल्लाको दीपायल–सिलगढी नगरपालिका–७ पाकरीकी ४८ वर्षीया चन्दा विष्ट वनमा मृत फेला परेकी हुन्।
जिल्ला प्रहरी कार्यालय, डोटीका अनुसार शनिवारबाट सम्पर्कविहीन भएकी विष्ट आइतवार बिहान खोलासैन सामुदायिक वनमा मृत फेला परेकी हुन्। उनको मृत्युको कारण खुलेको छैन। विष्टको शव पोष्टमाटमका लागि जिल्ला अस्पताल डोटीमा राखिएको छ।
Facebook Comments Box