काठमाडौं: निरन्तरको झरिले पहिरो खस्दा सुदूरपश्चिमस्थित बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ। जयपृथ्वी राजमार्गको जालेबगर र तमैलमा पहिरोसँगै सडक माथिबाट ठूल्ठूला ढुगां खसेपछि राजमार्ग अवरुद्ध भएको हो।
जिल्ला प्रहरी कार्यालय बझाङले अहिले जालेबगरको पहिरो स्काभेटर लगाएर पन्छाउने काम भइरहेको जनाएको छ।
तमैलमा भने मेसिनले हटाउन नसक्ने ठूला ढुंगा खसेको कारण वैकल्पिक उपायको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले जानकारी दिए।
बझाङलाई अन्य जिल्लासँग जोड्ने एक मात्र राजमार्ग बन्द भएपछि जिल्लाभरीको आवागमन प्रभावित भएको छ।
Facebook Comments Box