काठमाडौं : देशका धेरै स्थानमा आज वर्षा भइरहेकाले आकस्मिक बाढीको सम्भावना छ ।
सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा र आसपासका जिल्ला भएर बग्ने अधिकांश नदी तथा स–साना खोलामा बहाव बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
केही स–साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम रहेकाले उच्च सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।
आज दिउँसो र राति सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा अति भारी वर्षाको सम्भावना छ ।
Facebook Comments Box