काठमाडौं: सशस्त्र प्रहरी प्रधान कार्यालय, हलचोक दरबन्दी भई ओलीनिवास बालकाेटमा सुरक्षा प्रमुखको जिम्मेवारीमा खटिएका इन्स्पेक्टर थापाको शनिबार बिहान मृत्यु भएको हो।
प्रहरीका अनुसार ४२ वर्षीय इन्स्पेक्टर थापा शुक्रबार बेलुका खाना खाएर भक्तपुरको सूर्यविनायक नगरपालिका-९, गुण्डुस्थित उनको घरमा सुतेकामा शनिबार बिहान ५:३० बजे अचेत भेटिएका थिए।
उनलाई तत्काल उपचारका लागि भक्तपुर अस्पताल लगिएकामा बिहान ६:५० बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।
उनी डेढ वर्षदेखि ओलीको सुरक्षामै कार्यरत थिए। सशस्त्रका प्रवक्ता डीआईजी कुमार न्यौपानेका अनुसार आकस्मिक हदृयघात भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।
शवको पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ। थापाका एक छोरा र श्रीमती छन्।
Facebook Comments Box