धनगढीः कैलालीमा ठगी गर्ने ३ जना समातिएका छन्। जिल्लाको कैलारी गाउँपालिकामा पावर टिलर दिने भन्दै किसानलाई ठग्ने सहकारीका अध्यक्षहरू पक्राउ परेका हुन्।
प्रहरीले ठगीमा संलग्न कालीमाई सहकारी संस्थाका अध्यक्ष अमृत चौधरी, बाल सशक्तीकरण नेपाल सहकारी संस्थाका अध्यक्ष योगेश योगी र अखुवा कृषि सहकारी संस्थाका अध्यक्ष सीताराम चौधरीलाई पक्राउ गरेको जनाएको छ।
उनीहरूले पावर टिलर बाढ्ने भन्दै ठगी गरेको भेटिएपछि तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरूले कैलारी गाउँपालिकामा किसानलाई ५० प्रतिशत अनुदानमा पावर टिलर बाड्ने भन्दै रकम उठाएर ठगी गरेका थिए।
Facebook Comments Box