धनगढी: सुदूरपश्चिम प्रदेश सरकारकी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापा बर्खास्तीमा परेकी छन्। मुख्यमन्त्री दीर्घबहादुर सोडारीले थापालाई आज (आइतबार) बर्खास्त गरेका हुन्।
सुदूरपश्चिमका अर्थमन्त्री अक्कल रावलले मन्त्री थापालाई बर्खास्त गरेको महेन्द्रनगरपोष्टलाई जानकारी दिए।
उनीमाथि मुख्यमन्त्रीलाई नटेरेको आरोप छ। अस्ति र आजको प्रदेशसभा बैठकमा मन्त्री थापा सहभागी भएकी थिइन्।
सरकारले बैठकका सहभागी नहुने नीति लिएका बेला उनी बैठकमा सहभागी भएपछि उनलाई पदबाट हटाइएको हो।
Facebook Comments Box