धनगढी : सुदूरपश्चिम प्रदेशमा प्रतिपक्ष दलहरूले दिउँसै बत्ती बालेर सरकारको खोजी गरेका छन् ।
आज २ बजेको लागि प्रदेश सभा बैठक आह्वान गरिएको थियो ।तर, सरकारको तर्फबाट कुनै पनि मन्त्री उपस्थित नभएपछि आज बैठक नै नबसी स्थगित भएको छ ।
बाढी पहिरोबाट ठुलो क्षति भएको र त्यहि विषयमा प्रदेश प्रमुखसँग आग्रह गरेर आह्वान गरिएको विशेष अधिवेशनमा पनि सरकार उपस्थित नभएको भन्दै प्रतिपक्ष दलहरू आक्रोशित भएका हुन् ।
कांग्रेस ,एमाले र नागरिक उन्मुक्ति पार्टीले संसद् स्थगित भए लगत्तै प्रदेश सभा परिसरमै मोबाइलको बत्ती बालेर सरकारको खोजी गरेको जनाए ।
मुख्यमन्त्री दीर्घ सोडारीलाई नैतिकताको आधारमा राजीनामा दिन समेत उनले आग्रह गरेका थिए ।
कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामीले सरकारले संसद् छलेर हिँडेको भन्दै यस विषयमा आफूहरू गम्भीर रहेको बताएका थिए । संसद्मा उपस्थित भएको भन्दै मन्त्रीलाई बर्खास्त गरेकोमा उनले विराध जनाए ।