काठमाडौं: सरकारले तीनवटा प्रदेशका प्रदेश प्रमुख हेरफेर गरेको छ। बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुखलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गरिएको हो।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले बागमतीमा दीपकप्रकाश देवकोटा, लुम्बिनीका कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशी प्रदेश प्रमुखमा नियुक्त भएका छन्।
उनीहरूमध्ये देवकोटा कैलालीका एमाले नेता हुन् भने जोशी कञ्चनपुरका काँग्रेस नेता हुन्।
यसअघि बागमतीमा यादव शर्मा, लुम्बिनीमा अमिक शेरचन र कर्णालीमा तिलक परियार प्रदेश प्रमुख थिए। शर्मा एकीकृत समाजवादी, शेरचन र परियार नेकपा माओवादी केन्द्र निकट हुन्। उनीहरु तीनैजनालाई प्रचण्ड नेतृत्वको सरकारले नियुक्त गरेको थियो भने अहिले ओली सरकारले हटाएको हो।
Facebook Comments Box