धनगढी: नेकपा एमालेमा प्रदेश इन्चार्जहरु फेरिएका छन्। बिहीबार बसेको सचिवालय बैठकले सचिवद्वय पद्मा अर्याल र लेखराज भट्ट बाहेक अरु प्रदेश इन्चार्ज फेरेको हो।
पार्टी सचिव अर्याल लुम्बिनी र भट्ट सुदूरपश्चिम प्रदेश इन्चार्ज रहेका छन्। बाँकी प्रदेशमा नयाँ इन्चार्ज आएका छन्।
तत्कालीन सुदूरपश्चिम इन्चार्ज भट्टलाई केही समय अगाडि कर्णाली पठाइएको थियो। तर पुनः उनलाई सुदूरपश्चिममै पठाइएको हो। उनी कर्णाली पठाइएका बेला सुदूरपश्चिममा छविलाल विश्वकर्मा इन्चार्ज तोकिएका थिए।
यस्तै कोशीको इन्चार्जमा शेरधन राई, मधेशमा लीलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई र कर्णालीमा गोरखबहादुर बोगटी प्रदेश इन्चार्ज बनेका छन्।
यसअघि कोशीमा रघुवीर महासेठ, मधेशमा योगेश भट्टराई, बागमतीमा गुरुप्रसाद बराल र गण्डकीमा गोकर्ण विष्ट इन्चार्ज थिए। बराल बढुवा भएर उपाध्यक्ष मनोनित भएकाले इन्चार्जको जिम्मेवारीबाट हटे।
सचिवहरु गोकर्ण, योगेश, रघुबीर र छबिलाल विश्वकर्माले भने चुनाव जितकाले दोहोरो जिम्मेवारी नदिने नीति अन्तर्गत इन्चार्जबाट हटेका एक नेताले बताए।