काठमाडौं : सरकारले नेपाल प्रहरीका तीनजना अतिरिक्त महानिरीक्षक (एआईजी) हरुको सरुवा गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजीहरुको सरुवा गरेको हो ।
सरुवा सूचीअनुसार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा दीपक थापालाई पठाइएको छ ।
यस्तै उपत्यका प्रहरी कार्यालयमा किरण बज्राचार्य, प्रदेश समन्वय विभागमा श्यामलाल ज्ञवालीलाई पठाइएको बताइएको छ ।
६० किलो सुन प्रकरण छानबिन गर्न बनेको डिल्लीराज आचार्य नेतृत्वको जाँचबुझ आयोगले आफ्नो प्रतिवेदनमा तत्कालिन सीआईबी प्रमुख बज्राचार्यमाथि कारबाही सिफारिस गरेको थियो । तर उनै बज्राचार्यलाई उपत्यका प्रहरी कार्यालयको कमाण्डको जिम्मा दिइएको छ ।
यस्तै हालै एआईजीमा बढुवा भएका रामदत्त जोशीको कार्य विभागमा पदस्थापन गरिएको छ ।
Facebook Comments Box