दाङ– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जुत्ता हान्छु भनेर सामाजिक सन्जालमा लेखेको आरोपमा दाङका एक पत्रकार पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–३ बस्ने ५२ वर्षीय यज्ञ बहादुर बुढा रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेका अनुसार बुढाले ‘हिजो सकेनन् चितवनवासीले, मेरी छोरीले चुनाव हारे देश दुर्घटनामा जान्छ भन्ने प्रचण्ड दाङ आए जुत्ता म हान्छु अब’ भनेर सामाजिक सन्जालमा पोस्ट गरेका थिए ।
जिल्ला प्रहरी कार्यालयको समन्वयमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले बुढालाई पक्राउ गरेको उनले बताए ।
Facebook Comments Box