काठमाडौं: पछिल्लो समय सामाजिक सञ्जालमा मर्यादाविपरीत अवाञ्छिन गतिविधी गर्नेमा प्रहरीको संख्या पनि बढ्दै गएको पाइएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार सामाजिक सञ्जाल दुरुपयोग गरेको आरोपमा गत आर्थिक वर्षमा १ जना प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी)सहित ९२ जना प्रहरी अधिकारी कारबाहीमा परेका छन्।
त्यस्तै एकजना प्रहरी उपरीक्षक(एसपी), दुईजना प्राविधिक प्रहरी नायब उपरीक्षक(डिएसपी), ६ जना प्रहरी निरीक्षक, ५ जना प्रहरी वरिष्ठ नायव निरीक्षक, ४ जना प्रहरी नायव निरीक्षक, ६ जना प्रहरी सहायक निरीक्षक, २ जना प्रहरी वरिष्ठ हवल्दार, ३ जना प्रहरी हवल्दार, ६ जना प्रहरी सहायक हवल्दार, २ जना प्राविधिक प्रहरी जवान, ५३ जना प्रहरी जवान र १ जना प्रहरी कार्यालय सहयोगीमाथि विभागीय कारबाही भएको तथ्यांकमा उल्लेख छ।
उनीहरुमाथि पोशाक लगाएर सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेको, अवाञ्छिन च्याट गरेको, हतियार प्रदर्शन गरेको, राजनीतिक स्टाटसमा कमेन्ट गरेको वा लाइक गरेको लगायतका आरोप लागेका थिए। सोही आरोप पुष्टिपछि उनीहरुलाई कारबाही गरिएको प्रहरीले जनाएको छ।