धनगढी : नेपाली कांग्रेसकी नेतृ तथा परराष्ट्रमन्त्री आरजु राणा देउवाले आफू प्रधानमन्त्रीको लाइनमा भएको बताएकी छिन् ।
बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राणाले पार्टी भित्र आफ्नो हैसियत बारे जानकारी रहेको भन्दै प्रधानमन्त्रीको लाइनमा नरहेको प्रष्ट पारिन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले महिलालाई प्रधानमन्त्री बनाउन चाहन्छु भनेकाले धेरैले तपाईं बन्नुहुन्छ भनेर अनुमान गरेका छन् नी भनेर पत्रकारले सोधेको प्रश्नमा उनले भनिन्, ‘बाहिर मेरोबारे जेजस्तो भए पनि पार्टीभित्र मेरो हैसियत के छ भन्नेबारे म जानकार छु । प्रधानमन्त्रीज्यूले आफ्नै पार्टीका महिलालाई प्रधानमन्त्री बनाउने कुरा गर्नुभाको होला ।’
उनले कांग्रेस पार्टीमा थुप्रै नेता प्रधानमन्त्रीका लागि योग्य भएकाले आफू त्यसको लाइनमा नभएको बताइन् ।
यस्तै परराष्ट्रमन्त्री बनेको छोटो समयमै नेपाललाई सबै देशले सहयोग गर्न चाहेको कुरा आफूलाई लागेको मन्त्री राणाको भनाइ थियो । ‘सबै देश नेपालप्रति सकारात्मक छन्,’ उनले भनिन्, ‘तर विगतमा हाम्रोतर्फ केही कमजोरी भएका रहेछन् । अब ती कमजोरीलाई सुधार गर्नतर्फ लाग्छौँ ।
दुई ठूला दल मिलेर सरकार बन्नु अनौठो नभएको बताएकी छन् ।