काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टीआरसी) विधेयक प्रमाणीकरण गरेका छन्।
आफूसमक्ष प्रमाणीकरणका लागि आएको उक्त विधेयकलाई राष्ट्रपतिले आज लालमोहर लगाएका हुन्। नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले उक्त विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
सङ्घीय संसद्का दुवै सदनको बैठकबाट पारित भई सो विधेयक राष्ट्रपतिसमक्ष पेस भएको थियो।
Facebook Comments Box