काठमाडौं: सरकारले गृह सचिव एकनारायण अर्याललाई मुख्य सचिवको जिम्मेवारी दिने निर्णय गरेको छ। साँझ सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय तथा मन्त्रिपरिषद् सचिवालयमा बसेको क्याबिनेट बैठकले अर्याललाई मुख्य सचिवको जिम्मेवारी दिएको छ।
गत साउन १० गते मुख्य सचिवमा नियुक्त लिलादेवी गड्तौला उमेर हदका कारण पर्सिदेखि अनिवार्य अवकाशमा जाने भएकाले अर्याललाई पर्सिदेखि लागु हुनेगरी जिम्मेवारी दिइएको हो।
आजैको बैठकले कलाकार दिनेश डिसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ।
Facebook Comments Box