धनगढी : गृहमन्त्री रमेश लेखकले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको विवादास्पद अभिव्यक्तिको विषय मिलिसकेको बताएका छन् ।
धनगढी विमानस्थलमा पत्रकारसंग कुरा गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्।
सञ्चारमन्त्री गुरुङको अभिव्यक्तिका विषयमा आफूले मन्त्रीसँग कुरा गरेको र त्यो विषय सक्कीसकेको बताए ।
सञ्चारमन्त्री गुरूङले शनिबार पोखरामा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आईजीपी बसन्तबहादुर कुँवरको जिब्रो थुत्नुपर्ने भन्दै असंवेदनशील अभिव्यक्ति दिएका थिए।
प्रहरी समायोजनमा असहयोग गरेको भन्दै उनले आईजीपी कुँवरको जिब्रो थुत्नुपर्ने अभिव्यक्ति दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सचेत गराएका थिए ।
Facebook Comments Box