धनगढी: बैतडीमा नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठनको १० औं सम्मेलन सम्पन्न भएको छ। मंगलबार सम्पन्न सम्मेलनबाट सोनम धामी अध्यक्ष चयन भएका छन् भने उपाध्यक्षमा अर्जुन बोहरा चयन भएका छन्।
यस्यै सम्मेलनबाट २७ सदस्यीय जिल्ला समिति निर्विरोध निर्वाचित गरेको बताइएको छ। जसमा अर्का उपाध्यक्ष राम भट्टराई, सचिवम्क्क मिना भट्ट, सहसचिवमा लोक बहादुर कार्की र हजारी खत्री, कोषाध्यक्षमा गौरव लुहार चयन भएका छन्।
Facebook Comments Box