काठमाडौं: नेपाल प्रहरीका चिफ (प्रहरी महानिरीक्षक) आईजीपी वसन्त बहादुर कुँवरकी पत्नी तथा नेपाल प्रहरी श्रीमती संघकी केन्द्रीय अध्यक्ष लक्ष्मी कुँवरले सुदूरपश्चिमका विभिन्न स्थानमा सहयोग गरेकी छन्। केही दिन अगाडिमात्रै कुँवरले सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा विभिन्न परोपकारी काम गरेकी हुन्।
उनले अस्तिमात्रै धनगढी पुगेर मायामेट्रो अस्पताल र नेपाल प्रहरी श्रीमती संघबिच एक सम्झौता गरेकी छन्।
उनले मायामेट्रो हस्पिटल प्रालिका मेडिकल निर्देशक डा. मोहन साउँद लगायतका कर्मचारीसँग प्रहरी तथा प्रहरीका परिवारलाई उपचारमा छुट एवं सहुलियत दिलाउने सम्झौता गराइदिएकी हुन्।
यस्तै सोही दिन नेपाल प्रहरी श्रीमती संघ सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका- ५ स्थित दृष्टिफाण्डेसनमा खाद्यान्न वितरण गरेकी थिइन् भने सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीको प्राङगणमा वृक्षारोपण पनि गरेकी थिइन्।
त्यस्तै उनले सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल शाखा धनगढी कैलालीमा उपचाररत रहेका प्रहरी कर्मचारी तथा प्रहरी परिवारहरुलाई स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण पनि गरेकी थिइन्।
त्यस्तै त्यस अगाडि भाद्र १९ मा उनले नेपाल पुलिस स्कुल धनगढी कैलालीलाई विभिन्न किसिमका ज्ञानवर्दक पुस्तक हस्तान्तरण गर्नुका साथै शैक्षिक सत्र २०८० मा एसईइ परीक्षामा सर्वोउत्कृष्ट अंक प्राप्त गर्ने छात्रलाई नगद पुरस्कारसहित प्रशंसा पत्र समेत प्रदान गरेकी थिइन्।
यस्तै सोही दिन उनले कञ्चनपुर वेदकोट नगरपालिका वडा नं. ७ स्थित बैजनाथधाम तथा वृद्धा आश्रम रौटेलामा हरितालिका तीजको अवसरमा फलफूल तथा खाद्यान्न वितरण पनि गरेकी थिइन्।
र, यो पनि: आइजीपत्नीले धनगढी पुगेर कपडा बाड्दै मनाइन् जन्मदिन