काठमाडौं: नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौं फर्किएका छन्। उनी आज दिउँसो धनगढीबाट काठमाडौं आएका हुन्।
केही दिन अगाडि धनगढी हुँदै डडेल्धुरा र दार्चुला पुगेका उनी आज फर्किएका हुन्। त्यसबीचमा उनले डडेल्धुरामा विद्यालय उद्घाटन गरेका छन् भने दार्चुलाको भारतीय सीमानामा रहेको महाकाली नदीमा निर्माणाधीन पक्की पुलको अनुगमन गरेका छन्।
त्यसपछि पुनः धनगढी फर्किएका उनी आज राजधानी फर्केका थिए। यस्तै आजै उनी फर्किने क्रममा नेपाली काङ्ग्रेसका नेता तथा पूर्वमन्त्री प्रकाशशरण महत धनगढी पुगेका छन्।
उनीहरूको धनगढी विमानस्थलमा जम्काभेट भएको थियो। राजदूत आउने र महत जाने क्रममा भेट भएको हो।
Facebook Comments Box