धनगढी: कैलालीमा लागुऔषध (खैरो हेरोइन) सहित पाँचजना पक्राउ पक्राउ परेका छन्।
बिहीबार साँझ ईलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा बर्दगोरिया गाउँपालिका–२, बौनियागाउँ निवासी ४० वर्षीय रामबहादुर चौधरीको घरमा खानतलासी गर्दा लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा ४० वर्षीय रामबहादुर चौधरी, २९ वर्षीय राधेश्याम डगौरा, २६ वर्षीय रतिराम चौधरी, २४ वर्षीय ज्ञानेन्द्र बिक, र ३० वर्षीय जनक बडुवाल रहेका छन्।
उनीहरुको साथबाट ४ ग्राम २१० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ, चारवटा मोबाइल, सादा मोबाइल, डिजिटल तराजु, कैची र नगद ७ हजार ५५० रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय सुखडको हिरासतमा राखेर थप अनुसन्धान जारी रहेको छ।
यस्तै उता कञ्चनपुरबाट लागुऔषधसहित बैतडीका एक जना पक्राउ परेका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ गल्ली नम्बर-५ मा कोठा गरि बस्ने बैतडीको दशरथचन्द नगरपालिका-४ का रमेश लुहार पक्राउ परेका छन्।
लुहारलाई १ ग्राम ०९ मिलिग्राम लागुऔषध (खैरो हिरोईन)सहित नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, लागु औषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।