काठमाडौँ: काठमाडौँ जिल्ला अदालतका मिसिल भिजेपछि सेवा प्रवाह स्थगित गरिएको छ।
आइतबार एक सूचना जारी गर्दै अदालतले वर्षाका कारण अदालतको दोस्रो भवनमा रहेको इजलास तथा मुद्दा फाँटका मिसिल भिजेपछि सेवा प्रवाह स्थगित गरिएको जनाएको हो।
अदालतले आइतबार सजाय निर्धारण पेशी तथा हेर्दा हेर्दैमा रहेका थुनछेकहरूको मात्र सुनुवाइ हुने जनाएको छ।
Facebook Comments Box