काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायुको प्रभाव रहेको उल्लेख गर्दै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जानकारी दिएको छ। अहिले हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ।
आज दिउँसो देशभर बदली रही पहाडी भू-भागका केही तथा बाँकी भू-भागका एक-दुई स्थानमा वर्षा हुन सक्नेछ । त्यस्तै राति कोशी र गण्डकी प्रदेशका केही र बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ।
आगामी २४ घण्टामा पहाडी भू-भागका केही तथा बाँकी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
त्यस्तै मंगलबार बिहान कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
बुधबार कोशी प्रदेशका केही तथा बाँकी बाँकी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ । बुधबार राति भने कोशी प्रदेशका एक/दुई स्थानमा भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ।