काठमाडौं: प्रस्तावित नयाँ प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतविरुद्ध छ वटा उजुरी परेको छ। संसदीय सुनुवाइ समितिले असोज ३ गते उजुरीका लागि आह्वान गरेको थियो।
त्यसपछि १० दिनको म्यादभित्र राउतविरुद्ध छ वटा उजुरी परेको हो।
समितिको आज बसेको बैठकमा राउतविरुद्ध परेका उजुरीका बारेमा छलफल भइरहेको बताइन्छ। के के उजुरी परे ? भन्नेबारेमा सार्वजनिक गरिएको छैन।
Facebook Comments Box