काठमाडौंः नेपाल प्रहरीमा एक एआईजी र पाँच डिआईजीको पद रिक्त भएको छ। हालै नेपाल प्रहरीका एआईजी श्यामलाल ज्ञवाली अवकाशमा गएका थिए। उनी अवकाशप्राप्त भएपछि बढुवा हुन सकेको छैन। सोही कारण अहिले एक एआईजीको पद रिक्त छ।
यस्तै, डिआइजी यज्ञबिनोद पोखरेलले अवकाश पाएका छन्। निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले सोमबार उनको बिदाई गरेका छन्।
पोखरेल खातामा स्रोत नखुलेको पैसा भेटिएपछि गत महिना विवादमा परेका थिए। सोही कारण दुई साताअघि उनलाई मधेस प्रदेशको प्रहरी प्रमुखबाट हटाइएको थियो।
उनको अवकाशसँगै नेपाल प्रहरीका एआइजीको एक र डिआइजीको पाँच पद रिक्त भएका छन्। असोज २१ सम्म कार्यसम्पादन मूल्याङकन बुझाउने समय भएकाले त्यसपछि बढुवा गर्ने गृह मन्त्रालयको तयारी छ। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार दसैंभन्दा अगाडि बढुवाको सम्भावना छैन। दसैंपछि मात्र रिक्त पदहरुमा बढुवा गरेको बताइएको छ।