कैलालीमा तीन जना फरार प्रतिवादी पक्राउ परेका छन्। फैसला कार्यान्वयनको शिलशिलामा जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका तीन जनालाई पक्राउ गरिएको हो।
लागूऔषध मुद्दामा १० महिना ९ दिन कैद सजाय र पाँच हजार जरिवाना तोकिएका धनगढी उपमहानगरपालिका वडा नम्बर १ बस्ने ५२ वर्षीय लक्ष्मीप्रसाद गुरागाईलाई पक्राउ गरिएको छ।
यस्तै वन मुद्दामा १३ हजार एक सय ५० जरिवाना तोकिएका धनगढी उपमहानगरपालिका वडा नम्बर २ सन्तोषीटोल बस्ने ४६ वर्षीय लालसिंह ऐर र चोरी मुद्दामा २० हजार जरिवाना तोकिएका घोडाघोडी नगरपालिका वडा नम्बर ११ का २५ वर्षीय रमेश कठरियालाई पक्राउ गरिएको छ।
Facebook Comments Box