काठमाडौं: प्रकाशमान सिंह राउत प्रधानन्यायाधीश नियुक्त भएका छन्। संसदीय सुनुवाई समितिबाट राउतको नाम अनुमोदन भएपछि आज राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन्।
संविधानको धारा १२९ को उपधारा २ बमोजिम राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ।
संवैधानिक परिषद्ले भदौ ३१ गते राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। असोज १६ गते संसदीय सुनुवाई समितिले अनुमोदन गरेको थियो।
नवनियुक्त प्रधानन्यायाधीश राउतले आज दिउँसो साढे एक बजे शीतल निवासमा पद तथा गोपनीयताको सपथ लिने कार्यक्रम छ।
Facebook Comments Box