काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी सन्जु चौधरी मृत भेटिएकी छन् ।
केही दिन यतादेखि ललितपुरको महालक्ष्मी नगरपालिका ९ लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी उनी मंगलबार बिहान मृत अवस्थामा फेला परेकी हुन् । प्रारम्भिक अनुसन्धानमा उक्त घटना आत्महत्या देखिएको प्रहरीले जनाएको छ ।
उनी केही दिनअघि भएको १९औं एसियाली छनोट खेलमा भाग लिन उनी काठमाडौं आएकी थिइन् । सागमा सन्जुले महिला ५९ केजी तौल समूहमा श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्न जितेकी थिइन् ।
दुई वर्ष अघि नेपालमा नै भएको १३औं सागमा भारोत्तोलन खेलमा स्वर्ण पदक जितेकी थिइन् । सागमा स्वर्ण पदक जित्ने उनी पहिलो महिला भारोत्तोलन नेपाली खेलाडी हुन् । सञ्ज बाँके राप्ती सोनारी गाँउपालिकाकी स्थायी बासिन्दा हुन् ।
Facebook Comments Box