धनगढी: कैलालीमा लागूऔषधसहित चार जना पक्राउ परेका छन्। उनीहरूलाई ४७ ग्राम ७० मिलिग्राम खैरो हेरोइनसहितपक्राउ गरिएको हो।
टीकापुर नगरपालिका-२ बिजयनगर बस्ने २३ वर्षीय मखन चौधरी, गोदावरी नगरपालिका-१ अत्तरियामा स्थित चुरे गाउँपालिका वडा नम्बर ३ बस्ने २१ वर्षीय निराजन शाह, धनगढीबाट बैतडी जान लागेको सु.प.प्र.०१ ००१ ज १४३४ नम्बरको जीपमा सवार डोटी जोरायल गाउँपालिका-२ भट्टेखोला बस्ने बर्ष २४ वर्षीय दीपक बिष्ट र २४ वर्षीय गोबिन्द बिष्टलाई पक्राउ गरिएको हो ।
बिष्ट दुबै जनालाई अस्थायी प्रहरी पोष्ट खानिडाडाबाट खटिगएको प्रहरी टोलीले चेकजाँच गर्दा पक्राउ गरेको हो ।दीपक बिष्टको गोजीबाट कालो पोलिथिनमा बाधेको दुई ग्राम ७९० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको छ।
यस्तै टीकापुरका चौधरीलाई बाटोका हिडिरहेको अबस्थामा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले ४३ ग्राम ५० मिलिग्राम खैरो हेरोइन र चुरेका शाहलाई १ ग्राम २३० मिलीग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको हो।