काठमाडौं – ८७ जना यात्रुसहित काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सका एक जहाजको इन्जिनमा समस्या देखिएपछि आकस्मिक अवतरण गराइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार २२३ उडान नम्बरको जहाज अहिले काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको छ ।
जहाजको सुरक्षित अवतरण भएको र अब प्राविधिक जाँच गरिने स्रोतको भनाइ छ । अहिले आकासमा विभिन्न एयरलाइन्सका जहाज आकासमा होल्ड भएका छन् ।
Facebook Comments Box