धनगढीः कैलालीबाट बिना इजाजत वन पैदावार ओसार पसार मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मोहन्याल गाउँपालिका(३ बस्ने ६० वर्षीय कर्ण कुँवर रहेका छन्। जिल्ला अदालत कैलालीको फैसलाले बिना इजाजत वन पैदावार ओसार पसार सम्बन्धि मुद्दामा ३ महिना कैद सजाय तोकिएपछि उनी फरार रहेका थिए।
कुँवरलाई इलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको प्रहरी टोलीले सोमवार उनकै घरबाट पक्राउ गरेको हो।
Facebook Comments Box