धनगढी: कैलालीमा पाँच लाखको अवैध सामान बरामद गरिएको छ। जिल्लाका विभिन्न स्थानबाट पाँच लाख ८५० हजार बराबरको अवैध मालसामान बरामद गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहोराले टिकापुर नगरपालिका–९ को ठोके बजार नजिकैबाट चार लाख ४२ हजार ८५० रुपैयाँ बराबरको सामान बरामद गरिएको बताए।
उनकाअनुसार बरामद गरिएको सामानमा हरियो खुर्सानी, बदाम, छिद्रा माछा र तीन वटा मोटरसाइकल रहेका छन्। यस्तै, धनगढी उपमहानगरपालिका–२ र १३ बाट ४७ हजार ६०० रुपैयाँ बराबरको कपडा, सुर्तिजन्य पदार्थहरु र प्लाष्टिक झिल्ली पनि बरामद गरिएको छ।
भजनी नगरपालिका–७ को शिविर टोलबाट १० हजार चार सय बराबरको चिनी र हरियो खुर्सानी पनि बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद गरिएको सबै सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ।
जिल्लाका विभिन्न नाका क्षेत्रमा पछिल्लो समय तस्करी बढेको बताइएको छ। नाका कटेर आएका तस्करीका सामान प्रहरीले बेलाबखत बरामद गर्दै आएको छ।