काठमाडौं: एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको टोली चीन जान लागेको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको औपचारिक विदेश भ्रमणको थालनी यसपटक चीनबाट हुन लागेको सन्दर्भमा त्यसअघि नै पोखरेल नेतृत्वको टोली उता जान लागेको हो। प्रधानमन्त्री ओली मंसिर तेस्रो साता औपचारिक भ्रमणमा बेइजिङ्ग जाँदै छन्।
अहिले चीन जाने टोलीमा माओवादी पृष्ठभूमिका (सुदूरपश्चिमका) सचिव लेखराज भट्ट,कानुन व्यवसायी सानुराज पोखरेल,उपाध्यक्ष पोख्रेलका स्वकिय दिपेन्द्र श्रेष्ठ,कर्णालीका गोरखबहादुर बोगटीलगायत छन्।
भोलिदेखि मंसिर १० गतेसम्मको यो भ्रमण चिनियाँ कम्युनिष्ट पार्टी,विदेश बिभागको निम्तोमा हुन लागेको हो। यसअघि माओवादीका ३० जनासम्मको टोलीले हरेक बर्ष चीन भ्रमण गर्दथ्यो।
केही समयअघि एमाले महासचिव शंकर पोख्रेल र उपमहासचिव विष्णु रिमाल नेतृत्वका जम्बो टोलीले पनि चीन भ्रमण गरेका थिए।