धनगढी: अछामको मङ्गलसेन नगरपालिका वडानम्वर १ का जनप्रतिनिधि र कर्मचारी सेवाप्रवाह प्रभावित हुने गरि रारा भ्रमणमा छन्।वडाअध्यक्ष लाेकराज नाथ र वडा सचिव शिद्दराज ढुंगानासहित जनप्रतिनिधि र कर्मचारीहरुकाे टाेली रारा तथा कर्णाली प्रदेशका पर्यटकीय क्षेत्रमा भ्रमणमा गएकाे हाे।
तिहार बिदापछि कार्यालय खुलेको दिन कार्तिक २० गतेदेखि वडाका जिम्मेवार व्यक्ति कार्यालयमा नहुदा सेवाग्राहीलाई सास्ती भएको बताइको छ।
बिदामा घर आएकाहरु नागरिकता सिफारिस र जन्मदर्ता लगायतका सेवा लिन वडा कार्यालमा जाँदा सेवा नपाएर फर्किने गरेका छन्।
वडा कार्यालय नै खाली हुने गरि वडाका कर्मचारी र जनप्रतिनिधि घुम्न जाँदा यता वडाका जनताले भने दु:ख पाएका छन्।
यस्तै अन्य व्यक्तिलाई पनि जिम्मेवारी नदिएर उनीहरू भ्रमणमा गएका थिए।
Facebook Comments Box