काठमाडौं: नेपाल प्रहरीका दुईजना प्रहरी नायव महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएको छ। मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले डीआईजीहरू दुर्गा सिंह र भरतबहादुर बोहरालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो।
यसअघि, गत शुक्रबार बढुवा सिफारिस समितिले प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार बढुवाका लागि डीआईजीद्वयको नाम सिफारिस गरेको थियो।
एआईजी भीमप्रसाद ढकाल र केदार ढकालको अवकासपछि रिक्त पदमा उनीहरूलाई बढुवा गरिएको हो।
सिंह हाल प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा कार्यरत छिन् भने बोहरा कार्य विभाग निर्देशनालयमा दरबन्दी भएर ट्राफिकमा कार्यरत छन्।
उनीहरूमध्ये बोहराको पुर्ख्यौली घर सुदूरपश्चिमको अछाम हो भने दुर्गाको घर बैतडी भएर हाल कञ्चनपुर बसोबास छ।
Facebook Comments Box